नरसंहारकारी टीकापुर घटना रेशम चौधरीकै योजनामा भएको सर्वोच्चको ठहर

काठमाडौं,३२ साउन । सर्वोच्च अदालतले २०७२ साल भाद्र ७ गते भएको कैलालीको टीकापुरमा भएको नरसंहारकारी घटना नागरिक उन्म रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको छ।

सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गत जेठ २ गते रेशम चौधरीसहितका केही व्यक्तिलाई जन्मकैदको सजाय हुने यसअघिको जिल्ला अदालत कैलाली र उच्च अदालत डोटी दीपायलकै फैसला सदर गरेको थियो । जसको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो ।

विभिन्न तथ्यले घटनाको मुख्य योजनाकार चौधरी नै रहेको पुष्टि भएको सर्वोच्चले सार्वजनिक गरेको टीकापुर घटनाको पूर्णपाठमा उल्लेख छ।सर्वोच्चले जन्मकैद कै फैसला सदर गरेपनि चौधरी भने गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपति राचन्द्र पौडेलबाट आम माफी पाएर जेलमुक्त भइसकेका छन् ।

थरुहट आन्दोलन क्रममा टीकापुरमा भएको घटनामा चौधरी नेतृत्वको समूहले प्रहरीमाथि ढुंगा,बन्चरो प्रहार गरी,आँखामा भाला रोपी अमानवीय,क्रूर र निर्मम ढंगले ज्यान मारेको देखिन आएकाले चौधरीमाथिको आरोपित कसुर पुष्टि हुन आएको फैसलामा भनिएको छ।

तर बुधबार सार्वजनिक भएको पूर्णपाठमा भने चौधरीकै योजना र संलग्नतामा उक्त नरसंहारकारी घटना घटाइएको उल्लेख गरिएको छ ।

फैसलाको पूर्णपाठमा भनिएको छ ‘वारदातमा यी प्रतिवादीको भूमिका हेर्दा रेशमलाल चौधरीले मुख्य भइ सङ्गठित रूपमा योजना बनाएको र वारदातमा आफैं उपस्थित भइ सुरक्षाकर्मीलाई प्रहार गरेको र गर्न लगाएको देखिन आउँछ । निजको नेतृत्वको भीडले कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि योजनाबद्ध ढङ्गले आक्रमण गरेको र भीडसमक्ष आत्मसमर्पण गरी जीवनदानको भिख मागेका ८ जना प्रहरी कर्मचारीलाई यी प्रतिवादीहरूको समूहले लाठी ढुङ्गा, बन्चरो, प्रहार गरी, आँखामा भाला रोपी शरीरमा खर, पेट्रोल,मट्टितेल खन्याई जलाउने र शवहरू क्षत-विक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरूद्ध अत्यन्त अमानवीय,कुर र निर्मम ढङ्गले ज्यान मारेको,सो क्रममा एकजना अवोध शिशुको समेत ज्यान लिएको एवम् अन्य ३६ जना प्रहरी कर्मचारीलाई ज्यान मार्ने नियतले आक्रमण गरेको देखिन आई निज प्रतिवादी रेशमलाल चौधरी उपरको आरोपित कसुर शङ्कारहित तवर (Beyond reasonable doubt) ले पुष्टि हुन आयो,।

उक्त नरसंहारमा परि २ वर्षका बालक टेकबहादुर साउदसहित ८ जनाले अनाहकमा ज्यान गुमाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।