कृषि समितिमा आरजु राणाकाे प्रश्न : लम्पी स्किन रोग मान्छेमा पनि सर्छ कि क्या हो ?

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले पशु चौपायमा संक्रमण बढिरहेको लम्पी स्किन रोग मानिसमा सर्ने जोखिम बढेको बताएकी छन् । बिहिबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले धेरै रोगहरू पशुबाट मानिसमा पनि सर्ने भएकोले लम्पी स्किनबाट मानिसमा पनि जोखिम बढेकोले यसबारे अध्ययन हुनुपर्ने बताइन् ।

उनले भनिन– ‘यो त झिंगाबाट, लामखुट्टेबाट पनि सर्ने रहेछ । डर त मलाई के लाग्यो भने यो त मान्छेमा पनि सर्छ कि क्या हो ? किनभने धेरै रोगहरू वातावरण परिवर्तनका कारण मान्छेमा पनि सर्ने गरेको छ । यसबारेमा अनुसन्धान हुन जरूरी छ ।’

मन्त्रीले तथ्याङ्क दिएपछि यो रोग संक्रमणको अवस्था भयावह पाइएको बताउँदै उनले आफूले तराईमा संक्रमण धेरै होला भन्ने सोचे पनि पहाडी क्षेत्र र सुदूरपश्चिममा धेरै रहेको पाइएको बताइन् ।

राणाले जलवायु परिवर्तनका कारण अरू रोग पनि आउन सक्छन् भनेर अनुसन्धान गर्न सरकारको कार्यक्रम छ कि छैन भनेर प्रश्न समेत गरिन । सांसद राणाले पशु उपचारका लागि पशु स्वास्थ्य केन्द्र स्थापना गर्न सरकारलाई सुझाव पनि दिएकी छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।