एमालेमा सक्रिय बन्ने लेखराजको प्रस्तावमा मणिको जवाफ- सक्रिय रहन्न

काठमाडौं। नेकपा(एमाले)का स्थायी कमिटी सदस्य मणि थापाले पार्टीमा सक्रियता जनाउन आनाकानी गरेका छन्।सोमबार बसेको एमाले पदाधिकारी बैठकमा थापा लामो समयदेखि पार्टीमा सक्रियता नजनाएको भन्दै उनको धारणा बुझ्ने अनौपचारिक निर्णय गरेको थियो।

उनको धारणा बुझ्न पदाधिकारी बैठकले दिएको जिम्मेवारी अनुसार एमाले सचिव लेखराज भट्टले बुधबार थापासँग भेट गरेका थिए। उनको धारणा बुझ्न पूर्वमाओवादी समेत रहेका एमाले सचिव भट्टले भेटेर थापालाई सक्रिय जिम्मेवारीमा फर्काउन राय समेत लिए।

एमालेमा भूमिकासहित जिम्मेवारी दिने विषयमा परामर्श गरेका एमाले सचिव लेखराज भट्टलाई उनले पार्टीमा सक्रियता जनाउने विषयमा ठोस जवाफ दिन नसकेर अनिर्णित बनेका छन्।

पार्टीमा सक्रिय सहभागीताका लागि आग्रह गर्दा थापाले जिम्मेवारीमा नफर्कने आशय व्यक्त गरेको भट्टले बताए। उनले पार्टीमा सक्रियता जनाउने बारेमा कुनै यथोचित जवाफ नदिएको भट्टले जानकारी दिए।

पार्टीमा सक्रिय भूमिकामा रहन गरिएको आग्रहलाई थापाले अनिच्छा प्रकट गद ठोस जवाफ दिन नसकेको उनले बताए।

उनले भने, ‘पार्टीमा भूमिका सहित सक्रियता जनाउने बारेमा कुनै जवाफ दिनु भएन। अहिले अन्यत्र गैहाल्ने मनस्थिति पनि नबनाएको र पार्टीमा सक्रिय रहने इच्छा उहाँको देखिएन।’ थापाले पार्टीमा सक्रियता जनाउने या छाड्ने विषयमा कुनै ठोस जवाफ दिन थापा असमर्थ भएको भट्टको भनाइ छ।

अन्यत्र पार्टीमा जाने मनस्थितिमा पनि आफू नरहेको भन्दै थापाले प्रष्ट्याएको भट्टले बताए। अन्य पार्टीमा प्रवेश नगर्ने र एमालेमा पनि सक्रिय भूमिकामा नरहने अन्योलपूर्ण कुरा थापाले गरेको सचिव भट्टले जनाए।

लामो समयदेखि पार्टीमा असन्तुष्ट रहेका थापा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी भएका छैनन्। गत जेठमा पार्टीबाट स्वेच्छिक बिदा लिएर देशव्यापी सांगीतिक अभियानमा हिँडेका उनी त्यसयता पार्टीमा निष्कृय देखिएका छन्।

केही समय अगाडि उनले काभ्रेमा आयोजित एक कार्यक्रममा एमाले दक्षिणपन्थी पार्टी भएको आरोप लगाएका थिए। उनको सोही आरोपपछि एमाले अध्यक्ष केपी ओली चिढिएर थापालाई पार्टीमा प्रश्रय नदिएको बताइन्छ।

तत्कालीन माओवादीको चुनवाङ बैठकमा विमति राखेर २०६२ मा पार्टीबाट बाहिरिएका उनले क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका थिए। २०७३ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा समाहित भएका थिए।

२०७५ मा एमाले र माओवादीको एकता हुँदा नेकपामा पुगेका नेता थापा सर्वोच्चको २०७७ फागुन २३ को निर्णयले दुबै पार्टीलार्ई पूर्ववत् अवस्थामा फर्काएपछि थापा एमालेमै रहेका थिए।

उनीसँगै रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, लिलबहादुर थापा, दावा तामाङलगायतका नेताहरु एमालेमै रहेका थिए। dcnepal

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।