जनताको मन जित्नेबाहेक अरु काम गर्नुछैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक राम्रो काम गरेर जनताको मन जित्ने बताएका हुन् ।

‘यस पटक राम्रो काम गरेर जनताको मन जित्नेबाहेक अन्य कुनै काम गर्नु छैन । जनताका निम्ति समाजवाद ल्याउन नयाँ पहल कदमी लिन्छु,’– प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्न क्रियाशील रहेको पनि बताए । दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्न सुनियोजित तरिकाले घटाइएको उनको आरोप छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।