सन्दीपविरुद्धको बलात्कार मुद्दा : ‘गौशाला २६’ र आमाको उमेर यकिन गर्ने आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ र उनकी आमाको उमेर यकिन गर्न आदेश जारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलाशले पीडित पक्षले पेस गरेका कागजात र विपक्षी लामिछानेका पक्षले पेस गरेको कागजातमा उमेर फरक परेको देखिएपछि आमासहितको उमेर यकिन गर्ने आदेश जारी गरेको हो ।

जाहेरीवालातर्फकी वकिल वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले गौशाला २६ र आमाको उमेर नौ वर्ष मात्र फरक देखिने गरी कागज पेस गरेपछि त्यसको यकिन का लागि गौशाला–२६ र उनकी आमाको उमेर यकिन गर्ने आदेश भएको जानकारी दिइन् ।

“उहाँहरुले त करणी भएकै छैन, कुर्शीमा बसेर बाहिर आएको दाबी गर्नुभएको छ । तर, फेरि नाबालिग नभएको प्रमाण जुटाउन मेहनत गरिरहनुको कारण बुझ्न सकिएन,” वरिष्ठ अधिवक्ता रेग्मीले भनिन्, “पीडितका पक्षबाट बुझाइएका डकुमेन्टमा कुनै समस्या छैन । उहाँहरुले पेस गरेको डकुमेन्टमा उमेर फरक परेपछि त्यसमै छलफल भएर उमेर यकिन गर्ने आदेश भएको हो ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।