नेपालीहरूको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छः जगमान गुरुङ

काठमाडौँ । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउन सके र नेपालीहरूको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित थाइल्यान्डमा नेपालीहरूको इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले नेपाल र थाइल्याण्डबीच सबै कुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताए ।

उनले अब नेपालमा आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने नभई नेपालका विविध समुदायबिचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउन सक्ने उल्लेख गरे । उनले नेपालमा राजा आएसँगै नेपाल र थाइल्यान्ड पुनः सबै किसिमबाट समान हुने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको बताए।

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले गीत, सङ्गीत र भाषाको माध्यमबाट एक अर्कालाई जोडेर संसारभरका नेपालीहरूको एउटा माला बन्नुपर्ने बताइन । उनले नेपालीहरूले जहाँ गए पनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्ने बताइन ।अभिनेत्री शर्माले नेपाली जातिलाई जोगाइराख्ने दायित्व सबै नेपालीहरूको भएको धारणा राखिन । -नागरिक न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।