अदालतले रेशम चौधरीलाई फेरि जेल पठाउन सक्छ ?

काठमाडौं, १ भदौ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले टीकापुर घटनासम्बन्धी सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलमाथि गम्भीर नैतिक संकट खडा भएको बताएका छन् ।

‘नैतिकतालाई कुन श्रेणीमा राख्ने ? त्यो उहाँहरुको कुरा हो । तर यो एकदमै ठूलो नैतिक संकट हो । सुदृढ लोकतन्त्र भएको ठाउँमा भएको भए दुवैले हिजै राजीनामा दिइसक्थे,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

सरकारले राष्ट्रपतिलाई निर्वाचित आएको एक हप्तामै गैरसंवैधानिक काममा फसाएको आरोप पनि भट्टराईले लगाए । उनले भने, ‘मैले तपाईंकै रेडियो कार्यक्रममा अदालतबाट भएको अन्तिम फैसलाको प्रतिलिपि साथै नखीकन वा प्रक्रिया नपुर् याईकन माफी मिनाहा गर्नु गलत हो भनेको थिएँ । सर्वोच्चको फैसला हेर्दा हामीले राखेका धारणा सही रहेछन् भन्ने पुष्टि गरेको छ । सत्ता टिकाउन, जोगाउन र बनाउन राजनीतिक नेता र दलहरुले राष्ट्रपतिलाई कसरी झुक्काउँदा रहेछन् र कसरी झुक्किँदा रहेछन् भन्ने यो उदाहरण काफी छ ।’

सर्वोच्च अदालतले माफी मिनाहा गैरसंवैधानिक भनेकाले नयाँ स्थितिको सिर्जना भएको पनि भट्टराईले बताए । उनले भने, ‘माफी मिनाहालाई चुनौती दिएर अदालतमा मुद्दा परिसकेको छ । तर उसले अन्तरिम आदेश नदिए पनि अग्राधिकार दिएको छ । अर्को पक्षले अब नयाँ मुद्दा प्रवेश गराउन सक्छ । अदालतले आवश्यकता महसुस गर् यो भने थप बोल्न सक्छ ।’

अदालतले रेशम चौधरीलाई फेरि जेल पठाउन सक्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘अदालतले जुन भाषा र शब्द प्रयोग गरेको छ, त्यो मेरो ३० वर्षको व्यावसायिक जीवनमा थाहा पाएको थिइनँ । रगतले लतपतिएका हातहरुलाई राजनीतिक संरक्षण दिने कुरा संविधानवाद र कानुनको शासन विपरीत हुन्छ भनेर यति कडा भाषा विश्वका कुनै पनि अदालतले प्रयोग गर्दैनन् । अदालतको फैसला बमोजिम रेशमलाई एक मिनेटमै नियन्त्रणमा लिन सक्ने अवस्था छ । रेशम चौधरीले जे कुरा गरे पनि टीकापुर घटनालाई अदालतले एक्काइसौं शताब्दीकै अति क्रूर घटना भनेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गरे पनि नगरे पनि अब रेशम चौधरी र अरुले उन्मुक्ति पाउने सम्भावना समाप्त भयो । यो फैसला उल्टिने अवस्था छैन ।’

राष्ट्रपतिले प्रधानमन्त्रीलाई तुरुन्त बोलाएर चौबीस घन्टाभित्र माफी मिनाहा बदर गरेर पठाऊ भने मात्र नैतिकता बच्ने ठाउँ रहेको पनि कानुनविद् भट्टराईले औंल्याए । उनले भने, ‘कसैले पनि संविधानले दिएको भन्दा बढी अधिकार प्रयोग गर्न पाइँदैन । हिजो राजाले गरेका निर्णय पनि अदालतले उल्टाइदिएको थियो भने राष्ट्रपतिको कदम पनि थुप्रै उल्टिएका छन् । राष्ट्रपतिले प्रधानमन्त्रीलाई तुरुन्त बोलाएर चौबीस घन्टाभित्र माफी मिनाहा बदर गरेर पठाऊ भने मात्र नैतिकता बच्ने ठाउँ छ । अनदेखा गरेर चुप लागेर बस्नुभयो भने ठूलो नैतिक प्रश्न उठ्ने छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।