कोशी प्रदेशसभा : अध्यादेश सर्वसम्मत पारित

विराटनगर, १ भदौ : कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ को उपनियम(१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गर्नुभएको थियो ।

उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेश गर्दा आजको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले विरोध गर्नु भएन । सो अवसरमा मन्त्री गौतमले प्रदेशको समृद्धि र विकासका निम्ति एक अर्कामा सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विकास र समृद्धिका निम्ति साझा सङ्कल्प लिनुपर्ने धारणा राख्नुभयो ।

बैठकको विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका तर्फबाट सांसद केदार कार्कीले मोरङको सुन्दर हरैचाबाट सुरु भएको लम्पी स्कीन सङ्क्रमणबाट प्रदेशमा दुई लाख ८१ हजार पशु प्रभावित भई नौ हजार तीन सय ९७ पशु मरेको जानकारी गराउनुभयो ।

उहाँले सुनसरीको प्रमुख सहर धरान उपमहानगरपालिकामा देखिएको डेङ्गुुले विकराल रुप लिएकाले यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । कार्कीले सङ्खुवासभा, ताप्लेजुङ र भोजपुरमा अविरल वर्षाका कारण भएको जनधन क्षतिप्रति सरकार र प्रदेशसभा जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर मगरले समस्यामा परेका जनतालाई राहत दिन सरकारको क्षमता हराएको उल्लेख गर्दै बाढीपहिराबाट समस्यामा परेका जनतालाई राहत दिन सरकार गम्भीर नभएको टिप्पणी गर्नुभयो । उहाँले सरकार बनाउने र ढाल्ने प्रवृत्तिले गर्दा जनता सामु दलका नेता र सांसद टिक्न नसक्ने दाबी गर्नुभयो ।

प्रदेशसभा सदस्य उमाकान्त गौतम, खगेनसिं हाङ्गाम, गोपाल तामाङ, गोम्बु शेर्पा, छविलाल चुँडाल, मीरादेवी खनाल, मम्ता तामाङ मगर, रमेशकुमार बस्नेत, विदुरकुमार लिङ्देन, विनोद राई, सदानन्द मण्डल र सपना दर्जीले समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा उपसभामुख दनुवारले निवर्तमान सभामुख बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्र र प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्ने उपसभामुख दनुवारले जानकारी दिनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।