किन कमिला ताँती बनाएर हिँड्छन् ? थाहा पाउनुहोस् यस्तो छ रहस्य !

एजेन्सी । कमिला प्रकृतिमा सबैभन्दा सामान्य किराहरु मध्येको एक हो ।तपाइँले कमिला किन सधैँ एक लाइनमा (ताँती) बनाएर हिँड्छन् भन्ने कुराको विचार गर्नुभएको छ ? यदि छैन भने आज हामी यसको रहस्यबारे जानकारी गराउँदै छौँ ।कमिलाको शरीरबाट ‘फिरोमोन’ नामक रसायन निस्कन्छ । कमिलाहरु जुन बाटो जान्छन्, त्यो बाटोमा उनीहरूले सो रसायन छोड्दै जान्छन् । उनीहरु खानाको खोजीका लागि टाढाटाढासम्म पनि पुग्ने गर्दछन् । खानाको खोजी गरेपछि उनीहरु आफू बस्ने प्वालतिर त्यही ‘फिरोमोन’को सहायताबाट फर्कने गर्दछन् ।

कमिलाको ताँतीमा भाले कमिला, पोथी कमिला, कामदार कमिला र रानी कमिला हुन्छन् ।संसारका अन्टार्कटिका बाहेकका सबै देशमा कमिला पाइन्छन् । यसका १२ हजार प्रजातिहरू छन् ।विश्वका सबैभन्दा विषालु कमिला ब्राजिलको अमेजनमा पाइन्छ । यो कमिलाले टोक्दा बन्दुकको एक गोली लागेजस्तै महसुस हुने बताइन्छ ।सानो देखिने कमिलाले आफ्नो तौलभन्दा २० गुणा बढी तौल उठाउन सक्छ । कमिलाको कान हुँदैन, जमिनमा हुने कम्पनबाट यसले आवाजको महसुस गर्दछ ।

सबैभन्दा अचम्मको कुरा के छ भने कमिलाको आँखा स्वरुप मात्र हो । यिनीहरूले देख्न सक्दैनन् । कमिलाको शरीरमा फोक्सो पनि हुँदैन । श्वास प्रश्वासको लागि शरीरका ससाना छिद्र हुन्छन् ।रानी कमिला र भाले कमिलाको पखेटा हुन्छ, तर कामदार कमिलाको पखेटा हुँदैन । रानी कमिला ३० वर्षसम्म बाँच्न सक्छ ।कमिलाको शरीरको सबैभन्दा महत्वपूर्ण भाग घाँटी हो ।

कमिलाले मुखले च्यापेर कुनै वस्तु उठाउँदा त्यसको सम्पूर्ण भार घाँटीले थेग्ने काम गर्छ । घाँटीमा भएको नरम तन्तुहरू टाउको र जीउमा भएको कडा खोलसँग जोडिएको हुन्छ ।वैज्ञानिकहरूका अनुसार विश्वमा कमिलाको संख्या दुई लाख अर्बभन्दा बढी रहेको छ । जुन विश्वमा रहेका हरेक मानिस बराबर २५ लाख भन्दा बढी हुन्छ ।अर्थात् विश्वमा २० क्वाड्रिलियन कमिला भएको निष्कर्ष छ । यो भनेको २० अङ्कको पछाडि १५ वटा शून्य हो । गणितको भाषामा यो संख्या २० चतुर्भुज वा २० करोड लाख वा २० लाख करोड बिलियन हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।