ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वयमाथि सिआईबीले अनुसन्धान गरिरहेको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बाँकी नै रहेको बताएका छन् ।

आज (शनीबार) पोखरामा नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा थप कोही दोषी पाइए कारबाही हुने बताएका हुन् ।

उनले जुनसुकै भ्रष्टाचारका प्रकरणमा तथ्य र प्रमाणले पुष्टि गरेसम्म सबैलाई कारबाहीको दायरामा ल्याईने बताए । ‘तथ्य प्रमाणले जहाँसम्म देखिन्छ अनुसन्धान त्यहाँसम्म जान्छ । त्यसमा माओवादी, गठबन्धन, नाता, सम्बन्धको मतलब हुँदैन,’– मन्त्री श्रेष्ठले भने ।

ललिता निवास जग्ग प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि सिआईबीले आफ्नै तरिकाले अनु्सन्धान गरिरहेको उनको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।