राष्ट्रिय युवा संघले गर्‍यो दुई किलोमिटर गाडी तानेर मूल्यबृद्धिको विरोध

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघले पछिल्लो समय अत्याधिक मूल्यबृद्धि भएको भन्दै झण्डै दुई किलोमिटर सडकमा गाडी तथा मोटरसाईकल तानेर गुडाउँदै विरोध गरेको छ।

युवा संघ जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको विरोध कार्यक्रममा संघका नेता तथा कार्यकर्ताले सूर्यविनायक घलातीदेखी सल्लाघारी हुँदै पुनः इम्पेरियल व्याङ्क्वैटसम्म गाडी तथा मोटरसाईकल ठेलेर गुडाउँदै सरकारको विरोध गरेका छन्। केही दिन अघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरी जनताको ढाड सेक्ने कार्य गरेको भन्दै संघले आपत्ती जनाएको हो।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण जनताको दैनिक जीवन चलाउन कठिन अवस्था बनेको भन्दै संघले तत्काल मूल्यबृद्धि फिर्तालिन आग्रह गरेको छ।

र्यालीका क्रममा सुन तस्करी, बालुवाटार जग्गा, भुटानी शरणार्थी, एनसीएल घोटला, वाईडबडीलगायतका असंख्य काण्डहरुमा वर्तमान सरकारका नेतृत्वकर्ताहरुको प्रत्यक्ष संलग्नता रहेको भन्दै सवै घोटलाका काण्डहरुको निष्पक्ष छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गरेको छ। दोषीलाई कानुनी कघरामा ल्याउन आग्रह गर्दै संघले छानविन समिति बनाउनबाट भाग्न खोज्नु सत्ता गठबन्धनका दलहरुको नियतमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको दावी गरेको छ।

सांकेतिक रुपमा गाडी तथा मोटरसाईकल तानेर गरिएको विरोधमा संघका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नारावाजी गरेका थिए। कार्यक्रममा मूल्यबृद्धि फिर्ता गर, महंगी नियन्त्रण गर, जनतामारा सरकार मुर्दावाद, प्रचण्ड तेरो पाराले, दुःख पाए साराले, गृहमन्त्री राजिनामा दे, अर्थमन्त्री राजिनामा दे, प्रधानमन्त्री राजिनामा दे, उच्चस्तरीय छानविन समिति गठन गर, राष्ट्रिय युवा संघ नेपाल जिन्दावादलगायतका नाराहरु लगाएका थिए।

कार्यक्रममा नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज कैलाश ढुंगेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरी केसी, बागमती प्रदेशका सांसद किरण थापा, अनेमसंघ/राष्ट्रिय युवा संघका केन्द्र तथा जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।