ह्वात्तै घट्यो सानो गोलभेडाको मूल्य

काठमाडौँ । आज कालिमाटी फलफुल तथा तरकारी बजारमा सानो गोलभेडा (लोकल)को मूल्य घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हिजो शनिबारको तुलनामा गोलभेडाको मूल्य घटेको जानकारी दिएको हो ।

समितिले आफ्नो वेभसाइटमार्फत आज सानो गोलभेडा (लोकल)को थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको जनाएको छ । हिजो शनिबार यो गोलभेडाको मूल्य प्रतिकिलो ८२ रुपैयाँ थियो । यस्तै, ठूलो गोलभेडाको मूल्य भने प्रतिकिलो ३ रुपैयाँ बढेको छ ।

यससँगै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । यस्तै, आज रातो आलुको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ६१ रुपैयाँ छ ।

यसबाहेक गाजरको मूल्य प्रतिकिलो ११५ रुपैयाँ र बन्दाको मूल्य ४५ रुपैयाँ, काउलीको मूल्य ७५ रुपैयाँ छ । यसबाहेक, सेतो मुलाको ७५ रुपैयाँ छ भने डल्लो भन्टाको थोक मूल्य ६५ रुपैयाँ प्रतितोला छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।