कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार फेरि संकटमा ! राप्रपाका पूरै र एमालेका केही सांसद आज अनुपस्थित हुने

काठमाडौं । कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार फेरि संकटमा पर्ने देखिएको छ।

मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने प्रायोजनले प्रदेशसभाको आह्वानहुँदा प्रतिपक्षी दलद्धय एमाले र राप्रपाका कारण मुख्यमन्त्री थापा नेतृत्वको सरकार संकटमा परेको हो।

सभामुखले राजीनामा बुझाएर राज्यमन्त्री बनेपछि उपसभामुखले सम्हालि रहेको प्रदेशसभामा उपसभामुख नै उपस्थित हुने वातावरण देखिएको छैन।

एमालेबाट उपसभामुख रहेकी सिर्जना दनुवारसहित केही ज्येष्ठ सांसदहरू भोलिको सभामा उपस्थित नहुने एक स्रोतले बताएको छ।

स्रोतका अनुसार उपसभामुखले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने र उपसभामुख नहुँदा वा उनको उपस्थितिमा बैठक सञ्चालन गर्दा ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा बैठकमा उपसभामुख उपस्थित हुनेछैनन्।

त्यस्तै, उपसभामुख नहुँदा एमालेका ज्येष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुँदा एमालेले केही ज्येष्ठ सदस्यहरूलाई आजको प्रदेशसभामा अनुपस्थित गराउने योजना थालेको छ।

यस्तै, राप्रपाले पनि आफ्ना सबै सदस्यहरूलाई बैठकमा अनुपस्थित गराउने तयारी गरेको स्रोतले बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।