पसल लुट्न आएको लुटेरा कोही पनि नडराएपछि लजाउँदै फर्कियो

एजेन्सी । आमरुपमा जब कुनै पसलमा लुटपाट गर्नका लागि लुटेराहरु छिर्दछन् तब आतंक मच्चिन्छ, सन्नाटा छाउँछ र मानिसहरु डरले काँप्छन् । तर हालै अमेरिकाको एटलान्टास्थित एउटा स्टोरमा भने नितान्त फरक स्थितिको सिर्जना भयो ।

त्यहाँको एक सैलुनमा लुटपाट गर्नका लागि आएको एकजना लुटेरासँग जे भोग्यो त्यो सायद उसले सपनामा पनि सौचेको थिएन होला ।

उक्त स्टोरमा लुटपाटको प्रयास गर्न लुटेरा पुगेको अवस्थाको सीसीटीभी भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो हेर्दा डर लाग्ने होइन कि हाँसो उठ्छ ।

भिडियोमा उक्त नङ सैलुनमा कर्मचारीहरु केही ग्राहकहरुसँग बसिरहेका देखिन्छन् । त्यहीबेला एकजना लुटेरा चिच्याउँदै छिर्दछ अनि भन्छ, ‘सबै मानिस तल होऊ र चुपचाप पैसा देऊ।’

उसको हातमा एउटा झोला छ र त्यसमा उसले हात घुसारेको छ । झोलाभित्र रहेको बन्दुक उसले समाइरहेको जस्तो भान हुन्छ ।

लुटेराले चिच्याउँदै तथा डर देखाउँदै पैसा माग्दा समेत त्यहाँका कोही पनि मानिस डराएका छैनन् । रिसेप्सनमा भएका कर्मचारी त झनै ढुक्क देखिन्छन् र फोनको घण्टी बज्दासमेत फोन उठाउँछन्, मानौं त्यहाँ केही पनि भैरहेको छैन ।

त्यसबेला सैलुनका मालिक, कर्मचारी तथा ग्राहकहरुले त्यो लुटेरालाई यसरी बेवास्ता गर्दछन् कि जुन कल्पना पनि गर्न सकिंदैन । त्यत्तिकैमा एकजना महिलाले विस्तारै हात माथि लैजान्छिन् । लुटेराले तत्कालै उनको फोन खोस्दछ । तरपनि उनी नडराइकन पसल बाहिर जान्छिन् ।

यो बेवास्ता, निडरता तथा नजरअन्दाज यतिधेरै भयो कि लुटेरा नै लज्जित भयो र अन्ततः थाकेर खाली हात चुपचाप त्यहाँबाट बाहिरियो र कारमा भाग्यो ।

उक्त सैलुनकी नियमित ग्राहक लिजा ब्यारोका अनुसार सुरुमा सैलुनकी मालिक हल्का डराएको भए पनि ग्राहकहरु रत्तिभर नडराएका कारण लुटेरा लज्जित भएर फर्किन बाध्य भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।