सदन चलाएर आजै विश्वासको मत लिने मुख्यमन्त्री थापाको दाबी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने बताएका छन् ।

संसद सचिवालयमा पत्रकारसँग कुरा गर्दै आजै विश्वासको मत लिने बताए ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बसी आजै विश्वासको मत लिने कार्यसूची तय गरिने थापाले बताए ।

उनले विश्वासको मत कसरी लिने भनेर पत्रकारले राखेको जिज्ञासामा ‘तपाईँहरूलाई थाहा नै छ नि’ भन्दै पन्छिएका थिए ।

यसअघि सत्ता गठबन्धनले कानुनी परामर्श गरेका थिए । मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए । तर उपसभामुख सृजना दनुवारले सोमबार १ बजे समय तोकेकी थिइन् ।

प्रदेशसभाको बैठक बस्ने दिन बिहान उनी उपचारका लागि काठमाडौं हिँडेपछि सभा बस्ने नबस्ने अलमल भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।