पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान

काठमाडौँ । पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिएको छ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा जोशीसँग बयान लिइएको सीआईबीका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

२०६९ मा ‘पशुपति टिकिन्छा गुठी’को नाममा जग्गा दर्ता गर्ने निर्णय हुँदा चन्द्रदेव जोशी भूमि सुधार तथा व्यवस्था मन्त्री थिए । चन्द्रदेव जोशीले पनि ‘टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको’ आरोपमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पशुपति टिकिन्छा गुठी खडा गर्दा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छानबिन समितिको ठहर छ ।

जोशीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भएको थियो । तर, अनुसन्धान अधिकृतलाई थुनामा नराखेर पनि अनुसन्धान गर्ने अधिकार हुनाले जोशीलाई नियन्त्रणमा नलिइएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

भूमिसुधार मन्त्रालयको प्रस्ताव अनुसार २०६९ साउन १७ को मन्त्रिपरिषद्ले ‘मन्त्रिपरिषद् सामाजिक समितिमा छलफल गरी पेश गर्ने’ निर्णय गरेको थियो । समितिले छलफल गरेर प्रस्तावमा लगेपछि २०६९ असोज १८ को मन्त्रिपरिषद्ले ‘उक्त प्रस्ताव, प्रस्तावमा लेखिए बमोजिम गर्ने’ भन्ने निर्णय गरेको थियो ।

सो निर्णयको आधारमा गृह मन्त्रालय मातहत बालुवाटारको जग्गा संरक्षण गर्ने जिम्मा पाएको समरजंग कम्पनीको नाममा रहेको दर्ता सच्याएर ‘पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न स्वीकृत दिने’ भन्ने निर्णय भएको छानबिनबाट देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।