साउदी क्लब अल हिलालले दियो नेयमारलाई लग्जरी सुविधा
एजेन्सी । साउदी अरब लिग क्लब अल हिलालमा अनुबन्धित भएपछि ब्राजिलियन फुटबल स्टार नेयमारलाई क्लबको प्रबन्धन समितिले लग्जरी सुविधा समेत प्रदान गर्ने भएको छ।
गत वर्षको ग्रीष्मकालिन ट्रान्सफर विन्डोमामा हल हिलालले अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका कियान एम्बाप्पेलाई अनुबन्ध गर्न असफल भएपनि नेयमारलाई भने हालै क्लबमा भित्र्याउन सफल भएको थियो ।
हल हिलालमा अनुबन्ध भइसकेपछि नेयमारलाई क्लबले विभिन्न किसिमको सुविधा प्रदान
गर्ने भएको छ । जस्मा प्रत्येक वर्ष १०० मिलियन युरो, २५ बेडरुमको घर, अत्याधुनिक स्वीमिङ्ग पुल, २४ घण्टा पाँचजना कर्मचारी उपलब्ध गराउने छन् ।
त्यस्तै बेन्टले कन्टिनेन्टल जीटी, एस्टन मार्टिन डीबीएक्स, लेम्बोर्गिनी हराकेन, २४ घण्टा ड्राइभर, निजी यात्राको २४ घण्टा विमानको उपलब्ध, रेष्टुरेन्टको सवै बिल फ्री बिल र साउदी अरबलाई बढाव दिने प्रत्येक शोसल मिडियाको लागि ५ लाख युरो प्रदान गरिने छ ।


