कोशी प्रदेशसभा बैठक स्थगित

विराटनगर, ६ भदौ ः कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहनुभएका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक स्थगन गरिएको हो ।

आजको प्रदेशसभामा प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ छलफल हुने कार्यसूची रहेको थियो ।

आज दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक केही समय ढिला गरी सञ्चालन हुने क्रममा विरोध सुरु भएपछि सभामुख मन्सुरीले बैठक स्थगन भएको घोषणा गर्नुभएको थियो ।

यही भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया गैरकानुनी र असंवैधानिक भएको भन्दै एमाले र राप्रपाले विरोध गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।