धादिङमा भएको बस दुर्घटनामा पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

उनले सामाजिक सञजाल ट्वीटरमार्फत दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली एवम् मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।

‘आज बिहान धादिङको गजुरीमा भएको बस दुर्घटनामा अमूल्य जीवन गुमाउनुहुने यात्रु महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, उनले लेखेकी छन्, ‘उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु ।’

त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले नेपालमा बढ्दो यातायात दुर्घटनाबाट मानव जिवनको रक्षाको लागि सम्बन्धित सबैको पक्षको ध्यानाकर्षण पनि गराएकी छन् ।

काठमाडौंबाट बेनी हिँडेको प्रदेश ०३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ गजुरी–२ चालिसेस्थित त्रिशुलीमा खसेको थियो । दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेमध्ये ६ जना पुरुष र २ जना महिला छन् ।

आज विहान धादिङको गजुरीमा भएको बस दुर्घटनामा परी अमूल्य जीवन गुमाउनुहुने यात्रु महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।