कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य, बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी

काठमाण्डाै – कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएकाे प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले तेस्रो तथा हिउँदे अधिवेशन अत्यका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

अधिवेशन अन्त्य गरी प्रदेश सरकारले तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट फिर्ता गरी बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी गरेको छ ।

तर, मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष इस्राइल मन्सुरीको भोटले लिएको विश्वासको मतविरुद्धमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा हिजो रिट निवेदन दायर गर्नुभएको छ । सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएर आजका लागि पेसी तोकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।