पाकिस्तान पुगेर मोन्टिले दिए यस्तो संदेश !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपको अन्तिम तयारीका लागि हाल पाकिस्तान पुगेको छ ।

बुधबार पाकिस्तान पुगेको नेपाली टोलीले बिहिबारबाट कराँचीमा प्रशिक्षण पनि सुरु गरिसकेको छ

कराँचीमा पत्रकारसँग कुराकानी गर्दै नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले भारत र पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर रहेको बताएका हुन् ।

‘भारत र पाकिस्तान जस्ता टोलीसँग खेल्न पाउनु हाम्रा लाग ठूलो अवसर हो । नेपाली टोली योग्य भएर नै यो स्थानमा छ । मलाई थाहा छ नतिजा हाम्रो पक्षमा आउने छैन । टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छु,’ देसाइले भने,‘ यहाँको व्यवस्थापन र सुबिधा राम्रो लाग्यो । पहिलो दिनको अभ्यास उत्कृष्ट रह्यो ।’

पाकिस्तानी संञ्चार माध्यमका अनुसार नेपाली टोलीले भदौ ९ सम्म कराँचीमा प्रशिक्षण गर्नेछ।

त्यहाँ स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।

पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् ।

नेपाली टोली भदौ १० गते मुल्तान पुग्नेछ। नेपाल र पाकिस्तानबीचको एसिया कपको पहिलो खेल भदौ १३ मा मुल्तानमा हुनेछ ।

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध भदौ १८ मा खेल्नेछ । भारतसँगको खेल क्यान्डिमा हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖