नेयमारले भारतमा खेल्ने !

काठमाडौँ । एसियन च्याम्पियन्स लिगको समूहगत चरणमा साउदी अरेबियाको क्लब अल हिलाल र भारतको मुम्बई सिटी एउटै समूहमा परेका छन् । यी दुबै क्लब एसियन च्याम्पियन्स लिगको समूह ‘डी’ मा रहेका छन

ब्राजिलियन फुटबल स्टार नेयमार हाल साउदी क्लब अल हिलालबाट व्यवसायिक फुटबल खेल्छन् । उनी यसै सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर साउदी क्लबमा आबद्ध भएका हुन् । त्यसैले एसियन च्याम्पियन्स लिगमा मुम्बई सिटीविरुद्घको खेल खेल्न अल हिलालसँगै ३१ वर्षीय नेमार पनि भारत आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्दपि, अल हिलालले यस विषयमा केही बताएको छैन । एसियन च्याम्पियन्स लिगको उक्त खेल पुणेमा खेलिने छ । मुम्बई सिटीको घरेलु मैदान भने अन्धेरी स्पोर्टस कम्प्लेक्स हो । तर, त्यो रंगशाला एसियन च्याम्पियन्स लिगको मापदण्ड अनुसारको नरहेकाले खेल पुणेमा खेलाउन लागिएको हो ।

एसियन च्याम्पियन्स लिगको समूहगत चरणको खेल आगामी सेप्टेम्बर १८ तारिखदेखि सुरु हुँदैछ । तर, मुम्बई सिटी र अल हिलालबीचको खेलको मिति भने सार्वजनिक भइसकेको छैन । समूह ‘डी’ मा अल हिलाल र मुम्बई सिटीका अतिरिक्त उज्बेकिस्तानको नभबाहोर र इरानको नस्साजी मजानदरान पनि रहेका छन् । स्पेनिस ‘पावर हाउस’

बार्सिलोनाका पूर्वखेलाडी नेयमारले हालसम्म भारतमा कुनै खेल खेलेका छैनन् । एसियन च्याम्पियन्स लिगमा अल हिलाल बलियो क्लब हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।