सिटी छाडेर रोनाल्डोको टोलीमा लापोर्टे

लण्डन । स्पेनिस डिफेन्डर एमरिक लापोर्टे प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी छाडेर साउदी प्रो–लिग टोली अल नासर पुगेका छन् । उनलाई साउदी क्लबले २.७५ करोड युरोमा खरिद गरेको हो ।

२९ वर्षीय खेलाडी सन् २०१८ को जनवरीमा एथ्लेटिक बिल्बाओबाट त्यतिबेला क्लब रेकर्ड ५.७ करोड पाउन्डमा सिटीसँग आबद्ध भएका थिए । सिटीमा रहँदा उनले क्लबलाई १२ वटा उपाधि दिलाउन सहयोग गरेका थिए । तर, गत सिजन सिटीले ट्रेबल जित्दा उनले मात्र २४ खेल खेल्न पाएका थिए ।

सामाजिक सञ्जालमा लेख्दै लापोर्टेले फ्यान र सहकर्मीहरूलाई धन्यवाद दिएका छन् । ‘साढे पाँच वर्ष अविस्मरणीय रह्यो । थुप्रै सम्झनाहरूलाई म जीवनभर हृदयको नजिक राख्नेछु,’ उनले लेखेका छन् ।

सिटीका लागि १८० खेल खेल्दै उनले १२ गोल गरेका छन् । तर, गत सिजन प्रशिक्षक पेप ग्वार्डिओलालले म्यानुएल अकान्जी र नाथान आकेलाई बढी प्रयोग गरेपछि उनले निकै कम खेल खेल्न पाएका थिए । अझ यो सिजन सिटीले क्रोएसियाका डिफेन्डर जोस्को ग्भार्डिओललाई भित्र्याउन ७।७ करोड पाउन्ड खर्चिएको छ ।

उनी क्रिस्टियानो रोनाल्डोपछि अल नासर पुग्ने अर्का हाइप्रोफाइल खेलाडीको सूचीमा थपिएका छन् । यसअघि क्लबले साडियो माने, मार्सेलो ब्रोजोभिच, एलेक्स टेलेस र सेको फोफानालाई अनुबन्ध गरिसकेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।