विश्वविजेता स्पेनिस महिला खेलाडीहरूको एकैस्वरः रुबिलेसले राजीनामा नदिएसम्म देशका लागि खेल्दैनौँ
विश्वकप विजेता स्पेनको महिला राष्ट्रिय फुटबल टोलीले स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले राजीनामा नदिएसम्म देशका लागि कुनै खेल नखेल्ने घोषणा गरेको छ ।
सिनियर खेलाडीहरू एलेक्सिया पुतेल्लास, एइताना बोनमतीलगायतले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् ।


