नेपालले पहिलो पटक विश्व नम्वर वान टोलीसँग खेल्ने

काठमाडौं । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्वर वान टोलीसँग खेल्ने भएको छ । आगामी बुधबारदेखी सुरु हुने एसिया कपमा नेपालले पाकिस्तान र भारतसँग खेल्दैछ ।

पाकिस्तान वर्तमान समयमा आइसीसी ओडिआई वरियतामा शीर्ष स्थानमा छ । नेपालले बुधबार मुल्तान रंगशालामा पाकिस्तानसँग खेल्नेछ ।

नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि वरियता शीर्ष टोलीसँग खेल्न लागेको हो ।

नेपालले भदौ १८ मा भारतसँग खेल्नेछ । भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा हुनेछ । भारत विश्व ओडिआई वरियतामा तेस्रो स्थानमा छ ।

नेपाल आइसीसीको ओडिआई विश्व वरियतामा १५ औं स्थानमा छ ।

यसअघि नेपालले वरियताको आधारमा सबैभन्दा माथि रहेको टोली वेस्ट इन्डिज थियो । वेस्ट इन्डिजसँग दुई महिना अघि भएको विश्वकप ग्लोबल छनोटमा जिम्बावेमा खेलेको थियो ।

आइसीसी विश्व ओडिआई वरियतामा त्यस समय वेस्टइन्डिज १० औं स्थानमा रहेको थियो । सोहि प्रतियोगितामा नेपालले ११ औं स्थानमा रहेको जिम्बावेसँग पनि खेलेको थियो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न थालेको हो । नेपालका उमेर समूह र महिला टोलीले खेलि सकेको छ ।

तर सिनियर टोलीले कुनैपनि प्रतियोगितामा पाकिस्तान र भारतसँग खेलेको छैन ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।