वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती

झापा, १४ भदौ स् गौरादह नगरपालिका–१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले टनेलमा उत्पादन गरेको अग्र्यानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको छ । किसानलाई रायो साग खेतीका लागि वडा नंं १ ले साझेदारीमा टनेल निर्माणका लागि गत वर्ष रु एक लाख १६ हजार अनुदानमा उपलब्ध गराएको थियो ।

स्थानीय शम्भू थापाले डेढ कठ्ठा जमिनमा तीन वटा टनेल निर्माण गरेर रायो सागको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । “थोरै लगानी, कम मेहनतमा धेरै आम्दानी हुन्छ । बजारको पनि समस्या छैन”, उहाँ भन्नुहुन्छ, “धान लगायो भने आम्दानी लिन छ महिना पर्खनुपर्छ । सागले लगाएको डेढमहिनामै आम्दानी दिन सुरु गर्छ ।”

विगत तीन वर्षदेखि उहाँले गोलभेडा, धनियाँसँगै रायो सागको खेती गर्दै आउनुभएको छ । उहाँले व्यापारीले बारीबाटै प्रतिमुठा रु ५० देखि ६० ले लैजाने गरेको बताउनुभयो । उहाँले प्रतिटनेल साग बिक्रीबाट रु १० हजार बढी आम्दानी हुने बताउनुभयो ।

वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा कार्यालयको सहयोगमा ४० किसानले टनेल निर्माण गरेको बताउनुभयो । उहाँले ३० जना किसानले रायो साग र १० जनाले तोरीको सागको खेती लगाएको जानकारी दिनुभयो । “यो सागको सिजन होइन”, उहाँले भन्नुभयो, “धेरैले उत्पादन गरेका छैनन् । त्यही भएर महँगोमा बिक्री हुँदा किसानले राम्रो आम्दानी गरेका छन् ।”

वडाध्यक्ष भण्डारीका अनुसार कुमार अधिकारी, राजकुमार राई, टीका अधिकारी, राजन भण्डारीलगायतका ३० जना किसानले वर्षभरि नै अन्य तरकारीसँगै रायो सागको व्यावसायिक खेती गर्दै आएको जानकारी दिनुभयो ।

यहाँका किसानले रायो सागको खेती बाह्रैमास गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको उहाँको भनाइ छ । जिल्लामा रायो सागको बेमौसमी खेती बुद्धशान्ति गाउँपालिका, विर्तामोड नगरपालिका, मेचीनगर नगरपालिकाको बाहुनडाँगीलगायतका क्षेत्रका कृषि ज्ञान केन्द्रको सहयोगमा किसानले विगत वर्षदेखि नै गर्दै आउनुभएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।