ताप्लेजुङ गोल्डकप : टिकट बिक्रीबाट ११ लाख सङ्कलन

फुङ्लिङ (ताप्लेजु¬ङ), २० भदौ : ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम सङ्कलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो ।

सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट रु चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्वाटरफाइनलबाट रु छ लाख ५५ हजार आठ सय सङ्कलन भएको हो ।

सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क रु दुई सय र क्वाटरफाइनलका लागि रु एक सय टिकटदर निर्धारण गरिएको थियो । यस्तै आज हुने फाइनल खेलका लागि पनि रु दुई सय नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

खेलको पहिलो दिन भदौ १४ गते रु एक लाख ७० हजार आठ सय, १५ गते रु एक लाख ३१ हजार सात सय, १६ गते रु एक लाख ७५ हजार सात सय तथा भदौ १७ गते रु एक लाख ७७ हजार सात सयको टिकट बिक्री भएको थियो । यसैबीच सेमिफाइनलको पहिलो दिन भदौ १८ गते रु एक लाख ५८ हजार चार सय र दोस्रो दिन भदौ १९ गते रु तीन लाख सात हजार चार सङ्कलन भएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । खेलमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन् । उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन् । ताप्लेजुङ गोल्डकप ताप्लेजुङ जिल्लाका ठूलो प्रतियोगिता हो । विसं २०२९ देखि प्रत्येक वर्ष लाखेजात्राको अवसरमा प्रतियोगिताको आयोजना हुँदै आएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।