न्वागी पर्वका अवसरमा भोलि तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा सार्वजनिक बिदा दिने भएको छ । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले भोलि तीन जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

प्रदेशका मकवानपुर, चितवन र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा भोलि ९शुक्रबार० सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले बताए ।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा जुटेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गरेका छन् ।

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।