पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने
काठमाडौ । एसीसी एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानलाई हराउँदै श्रीलंकाले फाइनलमा स्थान बनाएको छ । कोलम्बोमा गएराति सम्पन्न खेलमा श्रीलंकाले पाकिस्तानमाथि २ विकेटको रोमाञ्चक जी त हात पारेको हो ।
कर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा जितको लागि श्रीलंकाले २५२ रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य निर्धारित ४२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका लागि कुसल मेन्डिसले ९१ रन बनाए । सदिरा समराविक्रमाले ४८ रन बनाए ।
श्रीलंकालाई अन्तिम २ बलमा जितको लागि ६ रन चाहिएको थियो। चरिथ असंलकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा २ रन बटुल्दै रोमाञ्चक जित दिलाए ।
श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ९१ रनको योगदान दिए । ओपनर पाथुम निसांका २९ र कुशल परेरा १७ रनमा आउट भएका थिए । यस्तै, सदिरा समाराविक्रमाले ४८ को योगदान दिए।
पाकिस्तानका इफ्तिखर अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो ।
साबिकको विजेता श्रीलंकाले आइतबार भारतसॅंग उपाधिको लागि खेल्ने छ ।
भारतले सुपर फोरको अन्तिम खेल शुक्रबार बंगलादेशसँग खेल्दै छ । भारत एक खेलअगावै शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।


