पाकिस्तानविरूद्ध सनसनीपूर्ण जीत निकाल्दै एसिया कपको फाइनलमा पुग्यो श्रीलंका

एजेन्सी । पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपको फाइनल प्रवेश गरेको छ।

सुपर फोर अन्तर्गत आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइलन पुगेको हो। पाकिस्तानको एसिया कप यात्रा भने समाप्त भएको छ।

कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा वर्षाका कारण खेल ४२ ओभरमा झारिएको थियो।

पाकिस्तानले दिएको २५३ रनको लक्ष्य श्रीलंकाले अन्तिम ओभरको अन्तिम दुई बलमा दुई चौका प्रहार गर्दै सनसनीपूर्ण ढंगले खेल जितेको थियो।
अन्तिम दुई बलमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो। स्ट्राइकमा थिए चारिथ असलंका र प्रमोद मदुशन। ४०.५ ओभरमा शाहिन अफ्रिदीको बलिङमा दुनिथ वेल्लालेज आउट भएपछि प्रमोद आएका थिए।
पाकिस्तानबाट अन्तिम ओभर बलिङ गर्न कप्तान बाबर आजमले जमन खानलाई पठाए।

४१ औं ओभरको समाप्तिमा श्रीलंकाले २४४ रन बनाएको थियो। अन्तिम ओभरको ६ बलमा उसलाई जितका लागि ८ रन आवश्यक थियो।
८ रन आवश्यक रहेको ओभरको पहिलो बलमा प्रमोदले एक रन प्रहार गर्दै असलंकालाई स्ट्राइक दिए। दोस्रो बल डट भयो। तेस्रो बलमा एक रन हान्दै असलंकाले प्रमोदलाई स्ट्राइक दिए।

अन्तिम तीन बल मात्रै बाँकी रहँदा सेट नभइसकेका प्रमोद स्ट्राइकमा रहेकाले श्रीलंका उच्च दबाबमा देखिन्थ्यो तर त्यहाँ अशलंकाले दिमाग घुमाए। जसको परिणाम सकारात्मक पनि आयो।
चौथो बलमा जमनको बल प्रमोदको ब्याटमा छुनेबित्तिकै अशलंका रन लिन दौडिए। बल पिचमै रहेकाले प्रमोदले रन लिन भ्याएनन् र अशलंकालाई स्ट्राइक दिएर आउट भए।

स्ट्राइकमा आएका अन्तिम दुई बलमा दुई चौका प्रहार गर्दै अशलंकाले श्रीलंकालाई फाइनल पुर्‍याउन सफल भए।
श्रीलंकाविरूद्धको खेलमा पाकिस्तानको फिल्डिङ अत्यन्तै फितलो देखिएको थियो। अन्तिमको दोस्रो बल कमजोर फिल्डिङका कारण चौका हुन पुगेको थियो।

तीव्र गतिका बलर नशिम शाह र हरिश रौफले चोटका कारण श्रीलंकाविरूद्धको खेल गुमाएका थिए। उनीहरूको कमि खेलमा प्रष्ट देखिएको थियो।

खेलमा श्रीलंकाका कुशल मेन्डिसले ९१ रन बनाए। ८७ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। अशलंकाले नट आउट ४९ रन सदिरा समरविकर्मले ४८ पथुम निसंकाले २९ र कुशल परेराले १७ रन बनाएका थिए।

बलिङमा पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन अफ्रिदीले २ र शादब खानले १ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा८ विकेट गुमाएर २५२ रन बनाएको थियो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८६ रन बनाए। उनी ७३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै नटआउट रहे।
ओपनर अबदुल्लाह शाफिकले ५२ रन क्पतान बाबर आजमले २९ रन बनाउँदा इफ्तिखर अहमदले ४७ रन जोडे। अन्य ब्याटर सस्तोमै आउट भएका थिए।

बलिङमा श्रीलंकाका मथिशा पथिरनाले ३, प्रमोद मदुशनले २, महिश थिकशाना र दुनिथ वेल्लालेजले एक/एक विकेट लिए।
जितसँगै श्रीलंका एसिया कपको फाइलन पुगेको छ। आइतबार श्रीलंकाले भारतसँग उपाधिका लागि खेल्नेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।