शिक्षकहरुको आन्दोलनका कारण आज पनि काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डाै – शिक्षकहरूको आन्दोलनका कारण आज पनि काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । माइतीघर, बिजुलीबजार हुँदै बानेश्वरसम्म सडकमा गाडी सहजरुपमा चल्न सकेका छैनन् ।

जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । यात्रुलाई समस्या भएको छ । शिक्षकहरुले आज दोस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । यो क्षेत्रमा हिजो पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक प्रतिनिधिबीच शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । शिक्षक महासङ्घले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएको छ ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा विभिन्न जिल्लाबाट शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौमा आएका छन् । आन्दोलनकै कारण आज सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।