कोशी प्रदेशमा सरकार सहमतिको प्रयास जारी छ : प्रवक्ता मेन्याङ्बो

खोटाङ, ४ असोज : कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री मेन्याङ्बोले कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतीय सरकार निर्माणको प्रयास थालिएको बताउनुभयो ।

“जनताले सबै दल मिलेर सरकार बनाऊ भन्ने सन्देशसहित जनमत दिएका छन् । कोशी प्रदेशमा सबै दल मिलेर सरकारलाई स्थायित्व दिनुको विकल्प छैन”, प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री मेन्याङ्बोले भन्नुभयो ।

उहाँले प्रदेश सरकार अस्थिर हुँदा जनतामा सङ्घीयताप्रति नै वितृष्णा सिर्जना हुने अवस्था आएको समेत बताउनुभयो । अहिलेकै अवस्थामा मध्यावधि निर्वाचनमा जाने स्थिति पनि नभएको उहाँको भनाइ छ । निर्वाचनमा जाँदा राज्यको ठूलो खर्च हुने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतिको विकल्प नभएको उहाँको भनाइ छ ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री मेन्याङ्बोले प्रदेश नामकरणका विषयमा असतुष्ट पहिचान पक्षलाई वार्तामा आउन आह्वान गर्नुभयो । “प्रदेशको नाम सबै दलको समर्थनमा नामकरण भएको हो”, प्रदेश सरकारको तर्फबाट गठित वार्ता समितिका संयोजक मेन्याङ्बोले भन्नुभयो, “असहमति राख्ने छुट सबैलाई छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।”

मन्त्री मेन्याङ्बोले प्रदेश सरकारबाट सञ्चालित योजनाका बारेमा प्रचारप्रसार गर्न आग्रह पनि गर्नुभयो । “प्रदेश सरकारबाट सञ्चालित धेरै योजनाबारे जनतालाई जानकारी छैन । स्वास्थ्य, वन तथा वातारण, खानेपानी, सिञ्चाइँ, उर्जालगायतका क्षेत्रमा प्रदेश सरकारको ठूलो लगानी छ”, उहाँले भन्नुभयो, “सङ्घीयतालाई स्थायित्व दिन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुन्छ । प्रदेश सरकारले गरेका हरेक क्रियाकलापका बारेमा खबरदारीपूर्ण तवरले कलम चलाउन सबै पत्रकारहरुलाई म आग्रह गर्दछु ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।