पत्रकार महासंघ मोरङमा प्रेस सेन्टरको तालाबन्दी

विराटनगर । पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो ।

महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए । उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र नक्कली रहेको र कार्यबहाक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ ।

प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबहाकको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिएपनि ढिलासुस्ती गरेपछि तालाबन्दी गरेको बताए । विधान अनुसार भट्टराईलाई कार्यबहाक तोकेको पत्र प्रदेश र केन्द्रले दिएपछि मात्रै तालाबन्दीको अन्त्य गरिने उनको भनाइ छ ।

तालाबन्दीलाई प्रेस सेन्टर कोशी प्रदेशले पनि समर्थन गरेको छ । तालाबन्दीप्रति ऐक्यबद्धता जनाउँदै कोशी प्रदेश अध्यक्ष विनोद घिमिरेले एकताबद्ध रहेका मोरङका पत्रकारहरुबीच विवाद र झैझगडा बढाउने उद्देश्यका साथ विधान विपरीत कार्यबहाक अध्यक्ष तोकिएको बताए ।
तालाबन्दी पछि प्रेस सेन्टर मोरङले जारी गरेको विज्ञप्तिमा प्रदेश र केन्द्रका अध्यक्ष तथा महासचिवले विधान अनुसार भट्टराई नै कार्यबहाक अध्यक्ष हुने बताएको उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।