विदेशी पर्यटकलाई नाकामा स्वागत

दोधारा चाँदनी (कञ्चनपुर), १० असोज ः कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४४औँ विश्व पर्यटन दिवस मनाइएको छ ।

गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई भीमदत्त नगरपालिका र होटेल व्यवसायी सङ्घ कञ्चनपुरले नाकामा फूलमाला तथा ढाका टोपी लगाएर स्वागत गरेको हो । दिवसका अवसरमा नगर प्रमुख पदम बोगटी र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले इजरायली नागरिक सियाल र विभानलाई नाकामा स्वागत गर्नुभयो ।

स्वागत कार्यक्रममा नगरप्रमुख बोगटीले नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको उल्लेख गर्नुभयो । “यहाँका पर्यटकिय स्थलहरुको प्रचारप्रसार र विकासमा नगरपालिकाले कुनै कमी गर्ने छैन”, उहाँले भन्नुभयो, “यहाँको पर्यटन विकास गर्न सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”

होटल व्यवसायि सङ्घ कञचनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा कञ्चनपुरका थुपै्र पर्यटकीय क्षेत्र ओझेलमा परेको बताउनुभयो । “यो नाका विदेशी पर्यटक आउने प्रमुख नाका हो”, उहाँले भन्नुभयो, “यहाँका पर्यटकियस्थलहरुको प्रचारप्रसार हुन नसक्दा यहाँबाट अन्यन्त्र घुम्न जाने गरेका छन् ।”

अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरुको सङ्ख्या बढेको बताउनुभयो । “अहिले विदेशी पर्यटकहरु आउने सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा अहिले विदेशी पर्यटक आउने क्रम बढेको छ ।”

अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ विदेशी पर्यटक भित्रिएका छन् । सप्टेम्बरमा मात्रै एक सय ५४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।