यसरी गरियो अष्ट्रेलिया-भारत म्याचको कमेन्ट्रीमा नेपालको कीर्तिमानी प्रदर्शनको चर्चा

काठमाडौं । एसियन गेम्समा पुरुष क्रिकेटतर्फ आज भएको खेलमा नेपालले अनेक विश्व कीर्तिमानको वर्षा गर्‍यो । नेपालको प्रदर्शनले अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि निकै चर्चा पाइरहेको छ ।

मंगोलियाविरुद्धको खेलमा नेपाली टीम र खेलाडीले कम्तीमा आठवटा विश्व कीर्तिमान राखेका छन् । ती सबै टी-१० का महत्वपूर्ण कीर्तिमान हुन् । भारतका ब्याट्सम्यान युवराज सिंहदेखि रोहित शर्मा र दक्षिण अफ्रिकाका डेभिड मिलरका नाममा रहेका रेकर्डहरु भत्किएका छन् । भलै नेपालले कमजोर टीमविरुद्ध खेल्दै थियो । तर, रेकर्ड त आखिर रेकर्ड नै हो ।

नेपालको आजको प्रदर्शनको चर्चा भारत र अष्ट्रेलियाबीचको खेलका क्रममा पनि भयो । कमेन्टेटरहरुले टी-२० का थुप्रै विश्व कीर्तिमान नेपालले भत्काएको भन्दै प्रशंसा गरेका थिए । अष्ट्रेलियन कमेन्टेटर मार्क वा र भारतीय कमेन्टेटर रवि शास्त्रीबीच नेपाली क्रिकेटबारे कुराकानी भएको थियो ।

नेपालले टी-२० क्रिकेटमा सर्वाधिक रन र सर्वाधिक छिटो शतक र अर्धशतक प्रहार गरेको प्रसंग रवि शास्त्रीले निकालेका थिए । त्यो सुनेर मार्क वाले आश्चर्य व्यक्त गरे । शास्त्रीले एसिया कपमा नेपालले भारतविरुद्ध खेलेको म्याच पनि सम्झिए ।

‘नेपालका ब्याट्सम्यानले सर्ट बललाई निकै राम्रोसँग खेलेका थिए । उनीहरुले भारतका बलरहरुसँग नडराइकन सर्ट बलमाथि आक्रामक सटहरु प्रहार गरे’, शास्त्रीले सुनाए । उनले नेपालसँग केही राम्रा हिटरहरु रहेको र नेपालको स्पिन आक्रमण पनि स्तरीय रहेको बताएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।