प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी

मोरङ,१२ असोजः विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामुलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी हुनुभयो ।

नोवेल शिक्षण अस्पतालले महेन्द्रचोकबाट तीनपैनी चोकसम्म आयोजना गरेको प्रभातफेरीमा उहाँ पनि सहभागी हुनुभएको हो ।यसैगरी स्थानीय जेलनमार्क औषधि उद्योगले विराटनगरस्थित कोशी अस्पतालबाट निकालेको प्रभातफेरीले नगरको मुख्य–मुख्य भाग परिक्रमा गर्दै तीनपैनी चोकमा आयोजित कोणसभामा परिणत भयो ।

कोणसभामा कोशी अस्पतालका चिकित्सक डा दीपक सिग्देल, नोवेल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा राजेश नेपाल र औपाधि उद्योगका प्रतिनिधि निरज कर्णले धुम्रपान त्यागी दैनिक व्यायाम गर्दा र स्वच्छ खानपानले मुटरोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।

उहाँहरूले विश्व मुट महासंघको प्रतिवेदनअनुसार सन् २०१९ मा मृत्यु हुनेमध्ये ८५ प्रतिशतको मृत्यु दृदयाघात र स्ट्रोकका कारण भएकाले समयमै आफ्नो मुटु जाँच गरी औषधि सेवन गरेमा अकाल मृत्युबाट जोगिन सकिने विचार व्यक्त गर्नुभयो ।

प्रभातफेरीमा कोशी र नोवेल अस्पतालका चिकित्सक, चिकित्सा शास्त्रमा अध्ययनरत विद्यार्थी एवं सर्वसाधारणको सहभागिता थियो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।