‘निकै डरलाग्दो छ…’ ऋतिकसँगको सम्बन्धबारे बोलिन् प्रेमिका सबा आजाद

अभिनेत्री सबा आजाद ऋतिक रोशनसँगको सम्बन्धमा आएदेखि नै उनी सोसल मिडिया ट्रोल्सको सिकार भइरहन्छिन् । यस्तै पापाराजी पनि उनको फोटो खिच्न आतुर हुन्छन् । अभिनेत्रीले यस उद्योगमा १० वर्ष बिताइसकेकी छिन् तर उनले यस्तो कुरालाई यति आक्रामक तरिकाले सहनु परेको थिएन । यो सबा आजाद आफैँले भनेकी हुन् । उनले इन्डिया टुडेसँगको कुराकानीमा लगातारको ट्रोलिङ र पापाराजी कल्चरबारे आफ्नो धारणा राखेकी छिन् ।

‘यो निकै डरलाग्दो छ’
सबाले क्यामेरा लिएर सबैतिर पिछा गर्ने र पापाराजी कल्चरलाई निकै डरलाग्दो बताएकी छिन् । उनले भनिन्, ‘म असाध्यै निजी व्यक्ति हुँ, मलाई चिन्ने सबैले तपाईंलाई यसबारे भन्नेछ । म मुस्किलले बाहिर निस्कन्छु । मलाई घरमा नै बस्न मन पर्छ । त्यसैले सुरुवातमा मेरा लागि यो निकै मुस्किल थियो, निकै डरलाग्दो थियो । म झुटो बोल्दिनँ । म आफूलाई त्यस्तो महसुस गरिरहेकी छु जुन पहिले कहिल्यै गरेकी थिइनँ । म पापाराजी कल्चरसँग सहज हुन नसकेकोमा तपाईंलाई मप्रति सहानुभूति पनि हुनसक्छ । तर मलाई यो पनि थाहा छ कि फोटो लिने व्यक्तिले पनि आफ्नो काम गरिरहेका छन् । उनीहरुले त्यो स्थानलाई भरिरहेका छन् जसबारे थाहा पाउन मानिसहरूमा उत्सुकता छ ।’

योभन्दा घटिया केही हुन सक्दैन
यसका साथै सबाले ट्रोलिङ बारे पनि आफ्नो धारणा राखेकी छिन् । ट्रोलिङको सिकार हुँदा आफूले आफैँलाई सबैभन्दा घटिया जस्तो लाग्ने उनले बताइन् । सबाका अनुसार उनको र ऋतिक रोशनबिचको सम्बन्ध सार्वजनिक भएपछि उनलाई लगातार ट्रोल गर्ने गरिन्छ । सबाले भनिन्, ‘सबै कुरा हल्ला मात्रै हुन् भनेर बुझ्न सक्ने हुन मलाई धेरै समय लाग्यो । किनभने यो घृणा स्पष्ट रूपमा देखिन्छ । म ढुङ्गाले बनेको होइन, यसले तपाईंलाई असर गर्छ । तपाईंलाई यस्तो महसुस हुन्छ कि तपाईंभन्दा घटिया अरू कोही पनि छैन ।’

सबाले थपिन्, ‘कति पटक म एक्लै भएका बेला सोच्छु, ‘मैले कसलाई के गरेको छु ? मैले तपाईंलाई के गरेँ ? ’ म त आफ्नो जीवन बाँचिरहेकी छु, तपाईं पनि आफ्नो बाँच्नुहोस्, तपाईंहरु मेरो रगत चुस्न किन कुरेर बसिरहनुभएको छ ? तर कहिलेकाहीँ यो पनि महसुस हुन्छ कि मानिसहरूले के सोचिरहेका छन्, त्यसले तपाईंमाथि कस्तो असर पारिरहेको छ । यसका लागि तपाईं जिम्मेवार होइन, योसँग तपाईंको कुनै लेनदेन छैन भन्ने कुरा महसुस हुन्छ नि त्यसपछि तपाईंको मन शान्त हुन्छ ।’

हालै सबाको ‘हु इज योर गाइन्याक ?’ मिनी अमेजनमा रिलिज भएको छ । यसको कहानी र सबाको अभिनयलाई दर्शकले मन पराइरहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।