कारमाथि चढेर व्यस्त सडकमै जब एक जनाले ‘फिल्मी शैली’मा पैसा उडाउन थाले…

काठमाडौँ । भारतको राजस्थान राज्यको राजधानी जयपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । व्यस्त सडकमा एक अज्ञात व्यक्तिले बटुवाहरुलाई भेला गरेर ‘फिल्मी शैली’ मा पैसा उडाएका हुन् ।

कारमाथि उभिएर ती व्यक्तिले पैसा छर्दै गर्दा टिप्नका लागि भेला भएकाहरु पनि तँछाड मछाड गरिरहेका थिए । तर पैसा त्यसरी छर्ने व्यक्तिले आफ्नो अनुहार भने मुखौटोले ढाकेका थिए ।

धमाधम पैसा हावामा उडाउन थालेपछि टिप्नका लागि रिक्सा चालकदेखि लिएर बाइक, कारमा सवार व्यक्तिहरु पनि होडबाजी गरिरहेका थिए ।

सडकमै यसरी भिड जम्मा गरेर पैसा बाँडेको दृश्य समेटेर तयार पारिएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भयो । त्यसपछि प्रहरीले भिडियोमा देखिएको कारको नम्बरका आधारमा ती व्यक्तिको पहिचान गरी गिरफ्तार गरेको छ ।

जयपुर पुलिसका अनुसार ती व्यक्तिलाई शान्ति भङ्ग गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ती व्यक्तिले मजाका लागि आफूले यस्तो काम गरेको बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।