‘भलिबलको विकासमा सरकारको प्राथमिकता’

काठमाडौँ, १८ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताउनुभएको छ ।

गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिता’को आज राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले राष्ट्रका लागि खेल्ने खेलाडीलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

“खेलाडीले आर्थिक अभावमा पनि खेल्नु परिरहेको छ, खेलाडीको प्रोत्साहनका लागि सरकारले सेवा सुविधा थप गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “राष्ट्रियस्तरका खेलाडी बर्सेनि विदेशिनुपर्ने बाध्यतालाई रोक्नुपर्छ, खेल क्षेत्रमै सुनौलो भविष्य निर्माण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्छ ।”

प्रधानमन्त्री आफँैले खेलाडीको आत्मबल बढाउन विभिन्न योजना तथा पुरस्कारको व्यवस्था गर्नुभएकाले खेलाडीप्रति वर्तमान सरकार सकारात्मक रहेको स्पष्ट हुन्छ भन्दै सञ्चारमन्त्री शर्माले देशको गरिमा बढाउने खेलकुद क्षेत्रलाई सधैँ प्राथमिकतामा राखिएको बताउनुभयो ।

उक्त प्रतियोगिता असोज २१ गतेसम्म हुने सञ्चालन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।