जैविक र प्राङ्गारिक खेती गर्न सिकाउँदै नाटक

तनहुँ, १९ असोज : कृषिमा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयमा शिल्पीकला समूह काठमाडौँले तनहुँमा ‘सट्टापट्टा’नामक नाटक प्रदर्शन गरेको छ । व्यास नगरपालिका–११ फराकचौरमा बिहीबार साँझ देखाइएको नाटकमा जैविक खेती गरी स्वस्थ शरीर बनाउन सन्देश प्रवाह गरिएको निर्देशक घिमिरे युवराजले बताउनुभयो । खाद्यका लागि कृषि अभियानको सहकार्यमा नाटकलाई असोज १४ देखि २७ गतेसम्म प्रदर्शन गरिने छ ।

धेरै फलाउने नाममा माटो र बिरुवामा प्रयोग गरिने रासायनिक मल र विषादीले माटोको उर्वराशक्ति नष्ट हुनाका साथै मानव स्वास्थ्यमा समेत क्यान्सर, बाँझोपना जस्ता रोग लाग्ने बारेमा नाटक हेरेपछि गम्भीर भएको व्यास–११ का सन्तोष गोदारले बताउनुभयो । आफू पनि माटो र पर्यावरण बचाउने अभियानमा जुट्दै प्राङ्गारिक खेती गर्नुपर्नेमा जोड दिँदै आएको उहाँले बताउनुभयो ।

“धेरै फलाउने नाममा विषादीको अत्यधिक प्रयोगले हामीलाई नै असर गरिरहेको विषय नाटकले प्रस्ट पारेको छ”, गोदारले भन्नुभयो, “हामीले प्राङ्गारिक खेती गर्नुपर्छ भन्नेमा दुई मत छैन । हामी सबैको चेतना खुल्न आवश्यक छ ।”

नाटक हेरेपछि अधिकांश दर्शकले आफूहरुलाई विषादी र रासायनिक मलको प्रयोगका बारेमा जानकारी पाएकाले अबदेखि प्राङ्गारिक खेती अपनाउने प्रतिबद्धतासमेत व्यक्त गर्ने गरेको नाटकका निर्देशक घिमिरेले बताउनुभयो ।

मानव स्वास्थ्य बचाउने एकमात्र विकल्प भनेको प्राङ्गारिक र जैविक खेती प्रणाली भएको सन्देश प्रवाह गर्न पनि तनहुँमा नाटक प्रदर्शन गरिएको वरिष्ठ पूर्वपत्रकार नारायण वाग्लेले जानकारी दिनुभयो । पत्रकार वाग्ले आफूले खेत र पाखो बारी गरी करिब ३० रोपनी क्षेत्रफलमा विगत तीन वर्षदेखि जैविक खेती प्रणाली अपनाउँदै आउनुभएको छ ।

“मानिसले कृषिमा गर्ने विषादीको प्रयोगले आफ्नै स्वास्थमा कसरी खेलबाड गरेको छ भन्ने सन्देश नाटकको मूल मर्म हो”, पूर्वपत्रकार वाग्लले भन्नुभयो, “अब रैथाने बीउबिजनको प्रयोग र प्राङ्गारिक खेती अपनाउन सबैलाई आग्रह गर्दछु । स्वास्थ्य आफैले बचाउने हो ।”

नाटक हेरेपछि आफूले अबदेखि ‘प्याकेट बन्द’ खान्की नखाने प्रतिबद्धता व्यक्त गरेको स्थानीय बाराही माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय राजन अधिकारीले बताउनुभयो । “हामीले खाजाका रुपमा विद्यालयमा खाने प्याकेट बन्द खान्की त मन्दविष पो रहेछ”, नाटक हेरेपछि आफू गम्भीर भएको बताउँदै अधिकारीले भन्नुभयो, “अबदेखि प्याकेट बन्द गरिएको खानेकुरा नखाने प्रण गरेँ । बरु हामीले खाने मकै भटमास, गहुँका परिकार नै उत्तमखान्की रहेछन् ।”

गीति शैलीबाट प्रस्तुत गरिएको नाटकमा १० कलाकारले अभिनय गरेका थिए । सङ्गीता उराँव, स्मारिक फुयाल, सुशीला विश्वकर्मा, सुनिता गाहामगर, झकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, ज्याक बराल, अनुप तिमल्सिना र प्रेमचन्द पाण्डेयले नाटकमा अभिनय गर्नुभएको छ ।

नाटकमा प्रत्यक्ष सङ्गीत स्मारिका फुयाल र अनुप तिमल्सिनाले दिनुभएको छ । पुनम उराँवको भेषभूषा रहेको नाटकमा सामग्री निर्माण भने धनराज सुनार, जयप्रकाश ताजपुरिया र सुमित भण्डारीको रहेको छ । काठमाडौँ, लमजुङ र तनहुँमा देखाइएको नाटक अब पोखरा, चितवन, रौतहट, सिन्धुली, महोत्तरी, सुनसरी, मोरङ र झापामा देखाइने शिल्पीकला समूहले जनाएको छ । राष्ट्रिय समाचार समिति (रासस)
तनहुँ, १९ असोज : कृषिमा विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने विषयमा शिल्पीकला समूह काठमाडौँले तनहुँमा ‘सट्टापट्टा’नामक नाटक प्रदर्शन गरेको छ । व्यास नगरपालिका–११ फराकचौरमा बिहीबार साँझ देखाइएको नाटकमा जैविक खेती गरी स्वस्थ शरीर बनाउन सन्देश प्रवाह गरिएको निर्देशक घिमिरे युवराजले बताउनुभयो । खाद्यका लागि कृषि अभियानको सहकार्यमा नाटकलाई असोज १४ देखि २७ गतेसम्म प्रदर्शन गरिने छ ।

धेरै फलाउने नाममा माटो र बिरुवामा प्रयोग गरिने रासायनिक मल र विषादीले माटोको उर्वराशक्ति नष्ट हुनाका साथै मानव स्वास्थ्यमा समेत क्यान्सर, बाँझोपना जस्ता रोग लाग्ने बारेमा नाटक हेरेपछि गम्भीर भएको व्यास–११ का सन्तोष गोदारले बताउनुभयो । आफू पनि माटो र पर्यावरण बचाउने अभियानमा जुट्दै प्राङ्गारिक खेती गर्नुपर्नेमा जोड दिँदै आएको उहाँले बताउनुभयो ।

“धेरै फलाउने नाममा विषादीको अत्यधिक प्रयोगले हामीलाई नै असर गरिरहेको विषय नाटकले प्रस्ट पारेको छ”, गोदारले भन्नुभयो, “हामीले प्राङ्गारिक खेती गर्नुपर्छ भन्नेमा दुई मत छैन । हामी सबैको चेतना खुल्न आवश्यक छ ।”

नाटक हेरेपछि अधिकांश दर्शकले आफूहरुलाई विषादी र रासायनिक मलको प्रयोगका बारेमा जानकारी पाएकाले अबदेखि प्राङ्गारिक खेती अपनाउने प्रतिबद्धतासमेत व्यक्त गर्ने गरेको नाटकका निर्देशक घिमिरेले बताउनुभयो ।

मानव स्वास्थ्य बचाउने एकमात्र विकल्प भनेको प्राङ्गारिक र जैविक खेती प्रणाली भएको सन्देश प्रवाह गर्न पनि तनहुँमा नाटक प्रदर्शन गरिएको वरिष्ठ पूर्वपत्रकार नारायण वाग्लेले जानकारी दिनुभयो । पत्रकार वाग्ले आफूले खेत र पाखो बारी गरी करिब ३० रोपनी क्षेत्रफलमा विगत तीन वर्षदेखि जैविक खेती प्रणाली अपनाउँदै आउनुभएको छ ।

“मानिसले कृषिमा गर्ने विषादीको प्रयोगले आफ्नै स्वास्थमा कसरी खेलबाड गरेको छ भन्ने सन्देश नाटकको मूल मर्म हो”, पूर्वपत्रकार वाग्लले भन्नुभयो, “अब रैथाने बीउबिजनको प्रयोग र प्राङ्गारिक खेती अपनाउन सबैलाई आग्रह गर्दछु । स्वास्थ्य आफैले बचाउने हो ।”

नाटक हेरेपछि आफूले अबदेखि ‘प्याकेट बन्द’ खान्की नखाने प्रतिबद्धता व्यक्त गरेको स्थानीय बाराही माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय राजन अधिकारीले बताउनुभयो । “हामीले खाजाका रुपमा विद्यालयमा खाने प्याकेट बन्द खान्की त मन्दविष पो रहेछ”, नाटक हेरेपछि आफू गम्भीर भएको बताउँदै अधिकारीले भन्नुभयो, “अबदेखि प्याकेट बन्द गरिएको खानेकुरा नखाने प्रण गरेँ । बरु हामीले खाने मकै भटमास, गहुँका परिकार नै उत्तमखान्की रहेछन् ।”

गीति शैलीबाट प्रस्तुत गरिएको नाटकमा १० कलाकारले अभिनय गरेका थिए । सङ्गीता उराँव, स्मारिक फुयाल, सुशीला विश्वकर्मा, सुनिता गाहामगर, झकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, ज्याक बराल, अनुप तिमल्सिना र प्रेमचन्द पाण्डेयले नाटकमा अभिनय गर्नुभएको छ ।

नाटकमा प्रत्यक्ष सङ्गीत स्मारिका फुयाल र अनुप तिमल्सिनाले दिनुभएको छ । पुनम उराँवको भेषभूषा रहेको नाटकमा सामग्री निर्माण भने धनराज सुनार, जयप्रकाश ताजपुरिया र सुमित भण्डारीको रहेको छ । काठमाडौँ, लमजुङ र तनहुँमा देखाइएको नाटक अब पोखरा, चितवन, रौतहट, सिन्धुली, महोत्तरी, सुनसरी, मोरङ र झापामा देखाइने शिल्पीकला समूहले जनाएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads

धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम

प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।