एक पालिका, एक हुलाक’को अवधारणा कार्यान्वयन गरिनेछ : मन्त्री शर्मा

काठमाडौँ, २२ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताउनुभएको छ ।

विश्व हुलाक सेवा दिवसका अवसरमा आज डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पु¥याउने गरी सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताउनुभयो ।

“आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ । मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्चालन रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था छैन”, मन्त्री शर्माले भन्नुभयो, “यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक, भरपर्दाे र प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य छ ।”

मन्त्री शर्माले हुलाक सेवामा प्रविधि, भौतिक पूर्वाधार र सङ्गठनात्मक पुनःसंरचनामसहित कार्यरत कर्मचारीको क्षमता विकाससहित सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको विश्वव्यापी सञ्चालनमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रका रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समयसापेक्षितरुपमा हुलाक सेवालाई प्रभावकारी, विश्वसनीय र आधुनिक प्रविधियुक्त बनाउन सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो ।

हुलाक सेवा विभागका महानिर्र्देशक प्रदीपराज अधिकारीले परम्परागतरुपमा हुलाक सेवा सञ्चालन हुन नसक्ने अवस्थालाई ध्यान दिइ पुनःसंरचना र समयसापेक्षतामा अग्रसर हुन आफूहरु तत्पर रहेको बताउनुभयो । कार्यक्रममा हुलाक सेवामा योगदान दिने व्यक्ति र दीर्घसेवी कर्मचारीलाई सम्मान गरिएको थियो । यस वर्षको दिवसको नारा ‘विश्वासका लागि एकसाथ’ रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।