एसियाड : पदक विजेता टोली स्वदेश फिर्ता

काठमाडौँ, २३ असोज : चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो ।

एसियाडअन्तर्गत करातेकी एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी थिइन । १९ वर्षीय एरिकाले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी हुन् । सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगत स्पर्धामा रजत पटक प्राप्त गरेको हो । सन् १९९८ मा नेपालकी तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

त्यस्तै पहिलो पटक सहभागी भएको महिला कबड्डी टोलीले पनि नेपाललाई कास्य पदक दिलाएको छ । नेपालले यसअघि १८औँं संस्करणको एसियाडअन्तर्गत प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको थियो । अहिलेसम्म नेपालले एसियाडमा तीन रजत र २३ कास्य पदक जितेको छ । यसपटक एसियाडमा नेपालले विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।