६८ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा सचेतना कार्यक्रम सम्पन्न

मोरङ, असोज २४ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले ६८ औं प्रहरी दिवसको अवसरमा लागुऔषध दुर्ब्यसन तथा ट्राफिक सचेतना सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजना तथा आसरा सुधार केन्द्र पानवारी धरान र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा मोरङको बिराटनगर महानगरपालिका-७ मा रहेको आदर्श माध्यामिक बिद्यालयमा आज सचेतना कार्यक्रम संचालन गरेको हो ।

उक्त सचेतना कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला, आसरा सुधार केन्द्र पानवारी धरानका मनोपरामर्शदाता टिकाराम सिग्देल र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सुमन न्यौपानेले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षणको क्रममा वाहाँहरुले लागुऔषधको कुलतले ब्यक्ति, परिवार, समाज र समग्र राष्ट्रलाई नै असर पुग्ने हुँदा लागुऔषध दुर्ब्यसनले हुन सक्ने बिभिन्न अपराधिक घटनाहरुको बारेमा बिद्यार्थीहरुलाई सु-सुचित गराउनुका साथै सवारी दुर्घटना न्युनिकरण तथा सडक सभ्यता अभिबृद्धिको लागी ट्राफिक जनचेतना र सडक दुर्घटना सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

उक्त सचेतना कार्यक्रममा बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरु सहभागि भएका थिए भने प्रशिक्षण कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिकाहरु र नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।