कोशीका ३८ स्थानमा यात्रु सहायता कक्षको स्थापना तथा संचालन

बिराटनगर, असोज २४ । कोशी प्रदेश प्रहरी कार्यालय “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तरगत” चाडपर्वको समयमा यात्रुहरुलाई सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता कक्ष (Passenger Help Desk) को स्थापना गरी संचालनमा ल्याईएको छ ।

नजिकिदै गरेको बिभिन्न चाडपर्वहरुलाई लक्षित गरी चाडबाडको समयमा यात्रा गर्दा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागी कोशी प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको बिभिन्न स्थानहरुमा यात्रु सहायता कक्षको स्थानपना गरिएको हो ।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरु , मातहतका प्रहरी कार्यालयहरू तथा यातायात व्यवस्था सम्बद्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरी सेवा प्रवाह शुरु गरिएको छ।

जस अन्तरगत विराटनगरको बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रंगेली, झापाको बिर्तामोड बसपार्क, दमक नगरपालिका-६, मेचीनगर नगरपालिका-६ काकडभिट्टा, मेचीनगर नगरपालिका-१३, भद्रपुर नगरपालिका-५ र १० मा, बुद्धशान्ति गाउँपालिका-३ बुधवारेमा, ताप्लेजुङको तोक्मेडाडा, पाँचथरको फिदिम नगरपालिका पुरानो बसपार्कमा, धनकुटा बसपार्क, हिले, र भेडेटारमा, उदयपुरको बरुवा बसपार्कमा, तेह्रथुमको लालिगुराँस नगरपालिका-२ को गुराँस चोक र म्याङलुङ बसपार्कमा, सुनसरीको कोशी गाउँपालिका-४ शिवचोकमा र ईटहरी बसपार्कमा, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-५ आँवाडाडा, दुधकुण्ड नगरपालिका-७ जोर बौद्ध र दुधकुण्ड नगरपालिका-८ पतालेमा, ईलामको सुर्योदय नगरपालिका-१० को फिक्कल र ईलाम नगरपालिका-५ बिब्ल्याटेमा, भोजपुरको भोजपुर नगरपालिका-६ देउराली, हतुवागढी नगरपालिका-१ घोरेटार, अरुण गाउँपालिका-६ जरायोटार र टेम्के मैयुम गाउँपालिका-३ दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुङगाको सिद्धिचरण नगरपालिका-११ रमाईलोडाडा र मिलचौकमा र मानेभञ्याङ गाउँपालिका-७ हर्कपुरमा र सखुंवासभाको खाँदवारी नगरपालिका-१ बसपार्क र चैनपुर नगरपालिका-१ जिरोप्वाईन्टमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह शुरु गरिएको हो ।

यसका साथै यात्राको क्रममा यात्रु महानुभावहरुलाई कुनै प्रकारको असहजता, असुरक्षित महशुस भएमा र समानहरु छुटेमा नजिकको यात्रु सहायता कक्ष वा प्रहरीको हट लाईन नम्बर १०० अथवा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा सम्पर्क गर्नु हुन सुचित गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।