उपल्लो मुस्ताङका बासिन्दालाई चीन जान अनुमतिपत्र

म्याग्दी, २५ असोज : मुस्ताङका नेपाल–चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्थानीय तहको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय लोमान्थाङमा खटिएका प्रशासनका कर्मचारीले चीन प्रस्थान प्रवेश अनुमतिपत्रको आवेदन सङ्कलन गरेको जानकारी दिनुुभयो । “मङ्गलबारदेखि आवेदन सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो, “इलाका र जिल्ला प्रशासन कार्यालयमा अधिकृतस्तरका अन्य कर्मचारी नभएकाले म आफै लोमान्थाङ पुगेर अनुमतिपत्रमा हस्ताक्षरण गर्ने तयारीमा छु ।”

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेश अनुमतिपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको हो । प्रवेशपास भएका नागरिक जुनसुकै समयमा पनि चीन जाने र आउने सुविधा पाउनेछन् । बोर्डर पास वितरणका लागि तीन कर्मचारीलाई सोमबार इलाका प्रशासन कार्यालय लोमान्थाङ पठाइएको थियो ।

“नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन”, प्रजिअ पन्तले भन्नुभयो, “चिनियाँ सुुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छाैँ ।” कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुई पटक सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला विसं २०७६ देखि भएको थिएन । दसैँ अघि नै व्यापार मेला आयोजना गर्ने मुस्ताङका सुरक्षा अधिकारी र जनप्रतिनिधिले पहल गरेका छन् ।

यही असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रमुख जिल्ला अधिकारी पन्तले केही दिनमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको बताउनुभयो ।

सन् १९६० को दशकमा चीनमा तिब्बत् गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकटोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ ।

नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसैगरी पश्मिना, जडीबुटी निकासी गर्न सकिने लोमान्थाङ गाउँपालिकाका–५ का वडाध्यक्ष ढुढुके विष्टले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।