चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुन्छ : प्रधानमन्त्री दाहाल

जोमसोम (मुुुस्ताङ), १ कात्तिक ः प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताउनुुभएको छ । नेकपा (माओवादी केन्द्र) मुुुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराउनुुभयो ।“मुुस्ताङको कोरलालगायत नाकाको सिमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,” उहाँले भन्नुुभयो “कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो ।”

प्रधानमन्त्री दाहालले कार्यक्रम अघि हेलिकप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुुगेको कागबेनी निरीक्षण गर्नुुभयो । कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उहाँले बताउनुुभयो । नेपालको प्रमुख चुुनौतीका रूपमा रहेको भ्रष्ट्राचारविरुद्ध सरकारले थालेको शुुसासनको अभियान नरोकिने पनि प्रधानमन्त्री दाहालले बताउनुुभयो । गठबन्धनले पाँचै वर्ष सरकार चलाउने बताउँदै उहाँले सत्ता बाहिर रहँदा केही नेताहरुलाई छटपटी भएकोसमेत टिप्पणी गर्नुुभयो ।

कार्यक्रममा उक्त पार्टीका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, प्रदेश अध्यक्ष गायत्री गुुरुङले तीन महिने जनतासँग अभियानले माओवादीलाई जनतामा फर्काएको र जनताको समस्या समाधानसँगै सङ्गठन निर्माणमा उत्साह छाएको बताउनुुभयो । कार्यकर्ता भेलाअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आजै जोमसोममा आयोजना गरेको ‘सरोकारवालासँग जलवायुु संवाद’ कार्यक्रममा पनि सहभागी हुुनुुभयो ।

प्रधानमन्त्री दाहाल समक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।