चाडपर्वले नेपालीलाई एकतामा बाँध्छ : प्रदेश प्रमुख खापुङ

मोरङ,२ कात्तिक : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालीले मनाउने चाड पर्वले सबैलाई एकतामा बाँध्ने गरेको बताउनुभएको छ।

मोरङ व्यापार सङ्घद्वारा आज यहाँ बडादसैँ, तिहार,नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले हिमाल, पहाड र तराईमा बसोवास गर्ने सम्पूर्ण नेपालीबीच सामाजिक सद्भाव कायम गर्न चाडपर्वले महत्त्वपूर्ण योगदान पुर्याएको धारणा राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले सबै जातजातिले एकअर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्नुपर्नेमा जोड दिँदै यसबाट मुलुकमा शान्ति, विकास र समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

शुभकामना कार्यक्रममा सङ्घका अध्यक्ष नवीन रिजाल, पूर्वमन्त्री अमनलाल मोदी, प्रदेशसभा सदस्य अमृत अर्याललगायतले ऐतिहासिककालदेखि नेपालीले मनाउने चाडपर्वले एकापसमा सामाजिक सद्भाव कायम राखेको विचार राख्नुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।