नेपाललाई हराउँदै टी-२० त्रिकोणात्मक सिरिजको उपाधि यूएईलाई

काठमाडौँ, १० कात्तिकः त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार खेल नै जितेको थियो । नेपालले पहिलो खेलमा युएईलाई सात विकेटले हराएको थियो भने दोस्रो खेलमा हङ्कङलाई ६ विकेट पराजित गरेको थियो ।

त्यस्तै नेपाललले पुनःतेस्रो खेलमा हङ्कङलाई ७९ रन र अन्तिम खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । यता युएईले भने एक खेलमात्रै जितेको थियो । हङ्कङलाई नेट रनरेटले पछि पार्दै युएई फाइनलमा पुगेको थियो । युएईले पहिलो खेलमा हङ्कङलाई ६ विकेट हराएको थियो भने दोस्रो खेलमा हङ्कङसँग ६९ रनले पराजित भएको थियो ।

आजको खेलमा नेपालले दिएको १६३ रनको लक्ष्यलाई युएईले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउदै पूरा ग¥यो । युएईका लागि कप्तान मोहम्मद वासिमले सवाधिक ४५ रनको योगदान दिए । उनले २२ बल खेल्दै सात चौका र दुई छक्काको मद्दतमा ४५ रन बनाएका हुन् ।

त्यस्तै वृत्य अरविन्दले २६, आर्यान्स शमाले २५, बसिल हमिदले २२, अलिसान शरर्फुले १३ तथा अलि नासिरले ११ रन जोडे । पहिलो विकेटका लागि वासिम र शर्माले ७१ रनको साझेदारी गरेका थिए । नेपालका लागि अविनाश बोहरा र गुल्सन झाले समान दुई विकेट लिए भने कुशल मल्लले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै करण केसीले अविजित २३ रन बनाए । उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन् ।

दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए । कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए । त्यस्तै आसिफ शेख ७ रनमा आउट भए । उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन् । कुशल मल्ल एक रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए ।

बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान दुई÷दुई विकेट झारे । त्यस्तै जुनैद शिद्धिकीले एक विकेट लिए । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।