लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

काठमाडौँ, १२ कात्तिक : लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी/रकेट/मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । घाइते सैनिकको नाम खुलाइएको छैन ।

उक्त सेलको टुक्रा बङ्करमा रहेका ती शान्ति सैनिकको दाहिने पेट र पाखुरामा लागेको थियो । घाइते सैनिकको हाल नाकुरास्थित शान्ति मिसनको अस्पतालमा उपचार भइरहेको छ । हाल निजको अवस्था सामान्य रहेको छ । त्यहाँस्थित अन्य नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजमा डेपुटी कमाण्डर र अन्य अधिकृत कर्मचारी गरी आठ सय ७४ नेपाली शान्ति सैनिक कार्यरत छन् ।–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।