लिम्बुको जातिय उत्थान संस्था चुम्लुङको पूर्वअध्यक्षको निधनः सम्मानमा कार्यालय बन्द र झण्डा झुकाइने

काठमाडौं । लिम्बुको जातिय उत्थान संस्था किरात याक्थुङ चुम्लुङको पूर्व अध्यक्षको निधनमा आज १ दिन कार्यालयहरु बन्द गर्ने र ४ दिन सम्म झण्डा झुकाई औपचारिक कार्यक्रम नगर्ने जनाएको छ ।

चुम्लुङले एक सूचना जारी गरि सो कुरा जनाएको हो । लेखक, शोधकर्ता एवं पूर्व अध्यक्ष मंजुलकुमार सिंह याक्थुङबाको हिजो २९ अक्टोबर (कार्तिक १२) का दिन ८८ बर्षको उमेरमा निधन भएको थियो र हिजै सम्मान सहित काठमाडौं आर्यघाटमा लिम्बु संस्कारबाट अन्त्येष्ठी गरिएको थियो ।

स्व. याक्थुङबाले ३८ बर्ष सम्म सरकारी सेवा गर्नुभई उपसचिव पदमा सेवानिवृत्त हुनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।